जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड जीवन विकास समाज(गैर सरकारी संस्था) ले संचालन गरेको लघुवित्त कार्यक्रमबाट प्रवर्द्धन भएको राष्ट्रीय स्तरको वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७५ फाल्गुन ३ गते नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी २०७५ फाल्गुन १६ गते देखी वित्तीय कारोबार शुरु गरेको हो ।
” गरिवी रहित नेपाल ” को मुल ध्येयका साथ अगाडी बढेको यस वित्तीय संस्थाले विपन्न, सिमान्तकृत तथा पिछडिएका वर्गको जीवनस्तर उकास्न १६० वटा शाखा मार्फत ३ लाख ४० हजार परिवारलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
मिशन
विपन्न वर्गमा स्रोत र साधनको पहुंच पुर्याई गुणस्तरीय जीवनको अवसर प्रदान गर्ने ।
भिजन
"गरिबी रहित नेपाल"
उद्देश्य
"लघुवित्त सेवा प्रदानगरी विपन्न समुदायलाई आम्दानी मुलक कार्यमा सहभागी गराई आर्थिक समृद्धता तर्फ उन्मुख गराउने ।"
लक्ष्य
"लघुवित्त तथा सामुदायिक विकासका कार्यक्रम कार्यान्वयन गरी भुमिहिन, सीमान्तकृत तथा पछाडीएका वर्ग बिशेषगरी महिलाहरुको जीवनस्तर उकास्ने ।"