जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड जीवन विकास समाज(गैर सरकारी संस्था) ले संचालन गरेको लघुवित्त कार्यक्रमबाट प्रवर्द्धन भएको राष्ट्रीय स्तरको वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७५ फाल्गुन ३ गते नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी २०७५ फाल्गुन १६ गते देखी वित्तीय कारोबार शुरु गरेको हो ।
” गरिवी रहित नेपाल ” को मुल ध्येयका साथ अगाडी बढेको यस वित्तीय संस्थाले विपन्न, सिमान्तकृत तथा पिछडिएका वर्गको जीवनस्तर उकास्न १६० वटा शाखा मार्फत ३ लाख ४ हजार परिवारलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।