जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभाले चयन गरेको संचालक समितिका अध्यक्ष तथा संचालकहरुको शपथ ग्रहण कार्यक्रम २०७७ माघ ९ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगर का.मु. प्रमुख श्री अमृत बहादुर बुढाथोकी ज्यूले नव नियुक्त अध्यक्ष श्री बिक्रम राज सुबेदी ज्यूलाई शपथ ग्रहण गराउनु भएको थियो ।
मेरो नाम गहनी देबी चौधरी हो।हाल म झापा जिल्लाको कमल गाउंपालिका वडा नं. ८ मा आफनो परिवारसंग खुशी साथ जीवनयापन गरिरहेकी छु । गरिब र सुकुम्बासी भई जीवन यापन गर्दाको पिडा मलाई…