Menu

सामाजिक उत्तरदायित्वका कार्यक्रम

शिक्षा

समुदाय स्तरमा गुणस्तरीय शिक्षाको पहुचबाट बन्चित बिपन्न तथा दलित समुदायका बालबालिकालाई लक्षित गरि विभीन्न शैक्षिक कार्यक्रम संचालन गरिएको छ । साथै किशोरीहरुको समुन्नत विकासका लागि सामुदायिक विधालयहरुसंगको सहकार्यमा विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप तथा वित्तीय साक्षरता सम्बन्धि व्यवहारिक ज्ञान प्रदान गरिन्छ ।

स्वास्थ्य

स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले समुदाय स्तरमा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्नुका साथै समुदायको आवश्यकता तथा माग अनुसारका विभिन्न किसिमका स्वास्थ्य शिबिरहरु संचालन गरिन्छ ।

कृषि

आधुनिक कृषि प्रणाली मार्फत कृषकहरुको आयस्तर वृद्धि गर्न उत्प्रेरित गर्नुका साथै घर आगनमै बिसादी रहित साग सब्जी उत्पादन गर्न बिउबिजन वितरण तथा विभिन्न किसिमका कृषि तालिमहरु प्रदान गरिन्छ ।

आवास

समुदायमा रहेका बिपन्न तथा असहाय परिवारहरुलाई लक्षित गरि सुरक्षित आवास निर्माणमा सहयोग गरिनुका साथै भूमिहीन सुकुम्बासी परीवारलाई स्थाई बसोबासका लागि जग्गा खरिद सहित घर निर्माणका लागि सहजीकरण तथा आवश्यक सहयोग गरिन्छ ।

क्याटागोरी कार्यक्रम जम्मा
संख्या सहभागि
शिक्षा हाजिरी जवाफ प्रतियोगिता ११ ९६३
छात्रवृत्ति ३८ ४५७
अन्य ५२
जम्मा ५१ १४७२
स्वास्थ्य सचेतना २७४ ६५५१५
रक्तदान २२
सुगर जाँच १६ १६०
रक्तचाप जाँच ७० २८६४
मुख तथा दन्त रोग शिविर १२०
आँखा शिविर ३९८
मेघा क्याम १४ ७४४३
जम्मा ३७९ ७६५२२
कृषि तालिम संचालन १७६
धान दिवस १५५
जम्मा ३३१
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सहयोग १०००
सचेतना कार्यक्रम १८२ ४०६०५
केन्द्र घर निर्माण तथा सरसफाइ ८७
घर निर्माण ९८
जसको कोही छैन उसको जीवन बिकास
राहत वितरण ८६ ४३३८८
विद्यालय सरसफाइ ३७१
अन्य स्थान सरसफाइ ३० ७९८
अन्य कार्यक्रम १९ २९९४
जम्मा ३३३ ८९३४१
कुल ७७२ १६७६६६


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल- info@jeevanbikas.org.np,
info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL