यो कथा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.४ निवासी गुलाब देवी कामतको हो । उनी भारतको अररिया जिल्ला निवासी राजेन्द्र रायकी दोश्रो सन्तानको रुपमा जन्मिएकी थिइन ।
क्रमशः दिनहरु वित्दै गए र उनी विवाह गर्ने उमेरकी भईन । विपन्न परिवारमा जन्मिएकी गुलावको विवाह पनि विपन्न परिवारमा नै भयो । आजभन्दा २४ वर्ष अगाडी जब उनको विवाह भएको थियो उनका श्रीमान् एउटा हार्डवेयर पसलमा लेबरको काम गर्थे । मासिक जम्मा रु.८००/- तलव आउंथ्यो जसले ५ जनाको परिवार चलाउन निकै गाह्रो हुन्थ्यो । आफ्नो घर समेत थिएन । गरिब भएपछि सबैले हेप्ने अर्काको घरमा बस्दा दिनहु घरपेटीको किचकिच हुने गर्दथ्यो । तर बाध्यता जाने कतै ठाउं थिएन । गुलाबको आफ्नै जग्गामा चिटिक्क परेको घरमा बस्ने, बालबच्चालाई राम्रो स्कुलमा पढाउने, र आफ्नै व्यवसाय गर्ने रहर थियो । तर विडम्वना उनको सपनामा गरिबी हावी भयो र जीवन जस्ताको त्यस्तै रह्यो । एकदमै कस्टकर ।
श्रीमान्ले हार्डवेयर पसलमा काम गरेको वर्षौ भइसकेकोले उक्त विषयमा राम्रै अनुभव हासिल गरेका थिए । त्यसैले श्रीमानको सिप र परिश्रमलाई आफ्नै पसल खोलेर सदुपयोग गर्नसके प्रगति गर्न सकिन्छ भन्ने सोच गुलाबको मनमा आयो । तर पसल खोल्न पुजीको अभाव र धितोको नाममा एकधुर पनि माटो नभएकोले कसले ऋण दिन्छ भन्ने सोची गुलाब चुपचाप बसिन् । यसरी नै समय जसोतसो वितिरहेको थियो ।
यहि क्रममा २०६६ सालतिर जीवन विकास शाखा कार्यालय विराटनगरको नया केन्द्र गुलाबको गाउंमा बन्ने भयो । गुलाबले जीवन विकासले विना धितोमा ऋण दिने थाहा पाइन, अब उनको सपना पुरा हुने आशा पलायो । उनी संस्थाको केन्द्र नं ३६ मा मिति २०६६/०९/३० गते आबद्ध भइन् । उनीहरुले विगतमा आफुसंग घरजग्गा नभएको पिडाबाट मुक्त हुन सबैभन्दा पहिले जग्गा खोजेर रु.५० हजारमा जग्गाको मुल्य गरी रु.८०००/- ऋण लिई जग्गा धनिसंग ३ वर्ष भित्रमा पुरा पैसा बुझाउने शर्त गरी १३ धुर जग्गाको बैना गरे । शर्त बमोजिम पुनः दोस्रो पटक रु.२० हजार ऋण लिइ र आफूसंग जोगाएको रु.१२ हजार थप गरी जग्गा पास गरी भुमि हिनबाट जग्गा धनि बन्न सफल भए । गुलाबको एउटा सपना पुरा भयो । त्यसछि उनीहरुले हार्डव्ेयर पसल खोल्ने निर्णय गरी सटर खोजेर तेस्रो पटक रु.१ लाख लिई पसलको सुभारम्भ गरे । पसलबाट राम्रो आम्दानी हुन थालेको थियो जसले आवश्यकताहरु पुरा हुदंै थिए । बालबच्चाहरुले राम्रो स्कुलमा पढ्ने अवसर पाए । पसलबाट राम्रो आम्दानी भएपछि खर्च कटाएर बचत पनि हुन थालेको थियो । हार्डवेयर पसलमा विक्री भएको सामान ढुवानी गर्न ट्याक्टर आबश्यक भएकोले उनीहरुले ट्याक्टर खरीद गर्न भनि हरेक महिना बचत गरिरहेका थिए ।
बचत गरेको पैसा रु.११ लाख भएपछि ट्याक्टर खरीद गर्न गए तर ट्याक्टरलाई रु.१२ लाख पर्ने रहेछ । अब पुनः जीवन विकाससंग रु.१ लाख ऋण लिई आफुसंग भएको रु.११ लाख रुपैया थप गरी ट्याक्टर खरीद गरे । ट्याक्टर चलाउन एक जना चालक पनि राखे । पसल र ट्याक्टरबाट महिनाको ६० देखि ७० हजार सम्म आम्दानी हुन थालेपछि उनीहरुले अब घर बनाउने बिचार गरे र पुनः रु.२ लाख आवास ऋण लिएर आफुसंग भएको रकम थप गरी घर बनाए । अब गुलाबका सबै रहरहरु पुरा भए ।
अहिले गुलाब र उनको परिवार खुशी र सुखी छन् । उनी भन्छिन् “म जीवन विकासमा आवद्ध भएर रु.८०००÷ बाट सम्पती जोड्न शुरु गरेको ११ बर्ष अवधिमा मेरा सबै सपनाहरु पुरा भए । अर्काको पसलमा काम गर्ने मेरो श्रीमान् अरुलाई रोजगारी दिन सफल हुनुभएको छ । छोरालाई १२ र छोरीलाई १० कक्षा अध्ययन गराउदैछु । जीवन विकासको अपार सहयोग हाम्रो मेहनत र ईमान्दारीताले हाम्रा सवै सपनाहरु पुरा भएका हुन् । म आफ्नो व्यक्तिगत तर्फबाट जीवन विकास शाखा कार्यालय बिराटनगर र यसमा काम गर्ने सम्पुर्ण कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।”
ज्योती राई
लेखन / संकलन



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikasmf.com