ग्राहक संरक्षण कार्यक्रम

सदस्यको अध्ययन अवलोकन भ्रमण

यस वित्तीय संस्थाले सदस्यहरुलाई उधमशिलता तर्फ उत्प्रेरित गर्न विभिन्न कृषि तथा अन्य व्यवसायका फर्म अवलोकन गराउन भ्रमण गराउने गरिएको छ . साथै सदस्यका परिवारलाई समेत देश भित्रका व्यवसायिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराउने गरिएको छ.

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

आ.ब. २०७६/७७ मा बिभिन्न ८ स्थानमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको छ कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाहरु, कर्जाको सदुपयोगिता र उद्ममशिलताको बारेमा जानकारी गरिएको थियो . साथै सदस्यहरुले आफ्नो जिज्ञासा, गुनासो र प्रस्ताव पनि राखेका थिए जसको सम्बोधन संस्थाबाट उपस्थित प्रतिनिधि गरेका थिए . कार्यक्रमको अन्ततिर उत्कृष्ट ऋणी सदस्य तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो .

छात्रवृत्ति प्रदान

सदस्यका छोरा छोरीलाई उच्च शिक्षासम्म अध्ययनमा प्रोत्साहन गर्नका लागि यस वित्तीय संस्थाको हरेक शाखाबाट सदस्यको परिवारका सामुदायिक विधालयमा अध्ययन गरि SEE मा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एकजना छात्रालाई रु.१० हजारको छात्रवृत्ति प्रदान गर्ने गरिएको छ .

सीपमुलक तालिम

सदस्यहरुको सिपको विकास गरी आयमुलक कार्यमा अग्रसर गराउदै उधमशिल बनाउन समय समयमा विभिन्न किसिमको सीपमुलक तालिम संचालन गर्ने गरिएको छ .

पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम

संस्थाको नीति तथा सेवामा परिवर्तन भएका कुराहरुको बारेमा जानकारी प्रदान गर्न तथा वित्तीय ज्ञान प्रदान गर्न सदस्य तथा अभिभावकहरुलाई भेला गरि पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने गरिएको छ .

राहत तथा सहयोग

कोरोना महामारी ( Covid १९ ) र सो नियन्त्रणका लागि भएको बन्दाबंदीले सदस्यहरुलाई भएको खाधान्न संकटमा राहत स्वरुप खाध सामाग्री सहयोग गरिएको छ .



सम्पर्क

हामीलाई यहाँ बाट सम्पर्क गर्नुहोस |
कटहरी-२ मोरंग , नेपाल
Copyright © 2020 JBLBSL