जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ।
गरिवी रहीत नेपाल निर्माणको मुल ध्येयका साथ अगाडी बढेको यस वित्तीय संस्थाले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तरलाई माथि उठाउनका लागी विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल यस वित्तीय संस्थाको १६० वटा शाखा कार्यालय मार्फत ३ लाख भन्दा बढी परिवारहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । आर्थिक असमानतालाई न्युनिकरण गर्दै शहरमा उपलब्ध हुने सुविधाहरु ग्रामिण क्षेत्रसम्म विस्तार गर्ने अभिप्रायले यस वित्तीय संस्थाले विभिन्न प्रकारका वित्तीय सेवाहरु (वचत, ऋण, वीमा तथा रेमिटान्स) प्रदान गरिरहेको छ । वित्तीय संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, रोजगारी विकास लगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ ।
नगद रहित बैंकिंग सेवाको विकास र प्रबर्धनका लागि वित्तीय संस्थाले सदस्यहरुलाई डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्दै ग्रामिण क्षेत्रमा सरल र सहज ढंगले वित्तीय सेवा विस्तार गरिरहेको छ । सदस्य तथा समुदायको हितलाई प्राथमिकतामा राखी समाज विकासमा सकारात्मक प्रभाव पार्ने किसिमका नविनतम सेवाहरु अध्ययन गरी समयसापेक्ष सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
अन्त्यमा यस वित्तिय संस्थामा आवद्धभई अनुशासन, लगनशिलता र इमान्दारीपूर्वक निरन्तर रुपमा कारोवार गर्दै साथ र सहयोग प्रदान गर्ने सदस्य तथा परिवारजनप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु । नियमनकारी निकाय, सरकारी/गैरसरकारी संस्था, सरोकारवाला निकाय, बैक तथा वित्तिय संस्थाका पदाधिकारी ज्यूहरु, शेयरधनी, संचालक समितिका पदाधिकारी, कर्मचारी तथा शुभचिन्तक एवं आजसम्मको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार ब्यक्त गर्दै विगतमा झै यस संस्थालाई सफलताका साथ अगाडी वढाउन आगामी दिनमा पनि यहांहरुको सल्लाह, सुझाव सहित साथ र सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद !