मेरो नाम संगिता परियार हो । म अहिले स्टाफ नर्सको अन्तिम वर्षमा अध्ययनरत छु । मलाई याद छ, आज भन्दा आठ वर्षा पहिले जबा मेरो बिवाह भएको थियो मेरो श्रीमान एउटा मोबाईल मर्मत केन्द्रमा काम गर्नु हुन्थ्यो । मासिक ३००० तलबले हामी २ जनाको परिवार चलाउनु पर्ने बाध्यता थियो । मलाई एकदमै पढ्ने रहर थियो तर मेरो इच्छालाई हाम्रो गरिवीले पुरा हुन दिने संभावना समेत कतै देखिदैनथ्यो । हाम्रो दैनिक जीवनयापन गर्न एकदमै कष्टकर थियो महंगो कोठा भाडा र दैनिक हातमुख जोड्नका लागी हामीले गरेको परिश्रमले भ्याउदैनथ्यो ।श्रीमानसंग भएको सिपलाई आफ्नै पसल खोलेर सदुपयोग गर्नसके प्रगती गर्न सकिन्छ भन्ने सोच मेरो दिमागमा नआएको पनि होईन । तर पसल खोल्न हामीसंग पुंजीको चरम अभाव थियो । वहालमा बस्ने र धितोको नाममा एकधुर पनि माटो नभएका हामीलाई कसले पो ऋण पत्याउंथ्यो र ।
तिमी आँट गर म पुर्याउँछु भनेझैं मेरो सादा सपनामा रंग भर्न जीवन विकास आयो । जीवन विकास बेलबारीद्धारा हाम्रो गाँउमा समुहा प्रवेस तालिम हुँदै गरेको मैले थाहा पांए । बिना धितोमा ऋण लगानी गर्ने र अन्य थुप्रै वचत र वीमाको कुरा मलाई एकदमै राम्रो लाग्यो । म संस्थाको केन्द्र नं. ४३ सिसौली जीवन विकास केन्द्रमा आबद्ध भए । श्रीमानसंग सल्लाह गरी मैले मोबाईल तथा TV मर्मत पसलको लागी पहिलो पटक साधारण ऋण रु.१५००० लिए र आफ्नै पसल खोल्ने मेरो सपना साकार गरे ।
रु.१५००० मा मोबाईल तथा टि.भि.को पार्ट्स खरिद गरी मैले मेरो व्यवसाय शुभारम्भ गरे । मेरो श्रीमानको कडा परिश्रम र संस्थाबाट पाएको पुंजीले मैले आफ्नो व्यवसायलाई अगाडी बढाउदै गए । पसलबाट राम्रो आम्दानी हुन थालेको थियो । हाम्रा आबश्यकताहरु पुरा गर्न हामी सक्षम हुँदै थियौ । बिराटनगरमा रहेको बिराट हेल्थ कलेजमा स्टाफ नर्सको प्रवेश परिक्षा हुँदैछ भन्ने थाहा पाएपछी मेरो पढ्ने इच्छा पुन: जिवित भयो । यसबारे मैले मेरो श्रीमानलाई सुनाए, उँहाले मलाई एकदमै सहयोग गर्नुभयो र भागयले पनि साथ दियो । मैले छत्रवृती कोटामा नाम निकाले र अध्ययन शुरु गरें ।
श्रीमानले व्यवसायलाई राम्रोसंग संचालन गरिराख्नु भएको थियो । दशैंमा पुंजी थप गर्न हामीले संस्थाबाट पुन: रु.३५००० कर्जा लियौं । अब हाम्रो सबै खर्च कटाएर मासिक कारीब १० हजार बचत पनि हुन थालेको थियो । श्रीमानले म संग अब जग्गा किन्नु पर्छ भन्नुहुन्थ्यो । बेलबारिको जग्गा एकदमै महंगो भएकोले मैले वहाँको कुरालाई खासै गम्भिर भएर लिएको थिइन । तर जग्गा खरिद गर्ने विषयमा वहाँ गम्भिर भइसक्नु भएको रहेछ । २ वर्षमा लगभाग २२ लाख जती बचत गरेको र त्यसमा केहि थपथाप गर्दा जग्गा किन्न सकिने कुरा वहाँले बाटएपछी म पनि मन्जुर भएं र संस्थाबाट ऋण लिएर ७ धुर जग्गा खरिद गर्यौ । पसलबाट राम्रो आम्दानी भएकोले किस्ता तिर्न हामिलाई कहिले पनि समस्या भएन । ऋण लिएर सही सदुपयोग गरेकोले पनि हामीलाई ऋण्देखी कहिल्यै डर लागेन । संस्थाले जग्गा धितो राखेर स्वदेशिक स्वरोजगार ऋण दिने थाहा पाएपछी मेरो श्रीमानले पसललाई अझ व्यवस्थित र ठुलो पार्न ४ लाख ऋण लिउं भन्नुभयो । ४ लाखको किस्ता तिर्न सकिने हो कि हैन भन्ने डरले मेरो आँट पुगेन तर श्रीमानले तिर्न सक्छु भने पछी मैले ऋण निकाल्न मन्जुरी दिएं । SAMSUNG मोबाईलको डिलरसिपको लागी हामीले जीवन विकासबाट रु.३ लाख स्वदेशिक स्वरोजगार ऋण लियौ । राम्रो पुंजी लगाएपछी पसल पनि ठुलो देखियो । सामानले पसल भरिएपछी ग्राहक पनि बढ्न थाले । ग्राहक बढ्न थालेपछी श्रीमान एकजनालाई पसल चलाउन अप्ठ्यारो भयो र हामीले एकजना कर्मचारी राख्यौ । पसलबाट महिनामा ३०/४० हजार आम्दानी हुने भएकोले किस्ता तिर्न कुनै समस्या भएन । पहिले अर्काको पसलमा काम गर्ने मेरो श्रीमानले आज एक बेरोजगारलाई रोजगारी दिन सफल हुनुभएकोमा म धेरै खुशी छु ।
संस्थाबाट आवास कर्जा लिएर पसलबाट गरेको बचत समेत गरी लगभग ४ लाखमा हामीले आफ्नै घर निर्माण गर्यौ । अब डेरा खोज्ने र घरी घरी सर्नु पर्ने नि सकियो । हामी अब आफ्नै घरमा बस्ने भयौ । जीवन विकासको अपार सहयोग , हाम्रो मेहनत र इमान्दारिताले मैले नदेखेको पनि सपना आज साकार भएको छ । म संग मेरो आफ्नो घर छ, श्रीमानको ठुलो पसल तथा राम्रो आम्दानिले हामी असाध्यै खुशी छौं ।समाज्ले हामीलाई हेर्ने दृश्टिकोणमा समेत परिवर्तन आएको छ । सायद जीवन विकास नभएको भए मेरो सपना कहिल्यै पुरा हुने थिएन होला । आज हाम्रो लाखौको कारोबार छ तर मैले पाएको पहिलो ऋण जसले मेरो जीवनलाई वास्तविक जीवन बनायो , त्यो १५ हजारलाई म कहिले बिर्सन सक्दिन । अब एउटा सफल नर्स भएर गरिव बिरामिको सेवा गर्ने सपना छ, त्यसलाई पुरा गर्ने आत्मविश्वासका साथ मेरो अध्ययनलाई अगाडी बढाइ रहेकी छु । आशा छ मेरो यो सपना पनि पुरा गर्न सफल हुनेछु ।


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL