परिश्रमी मान्छे सफल हुन्छ

विराटनगर महानगरपालिकासगं जोडिएको जहदा गाउपालिका वार्ड नं. २ वैरीया निवासी संथाल परिवारमा साइली छोरीको रुपमा २०३५ सालमा हाजी टुडुको जन्म भएको थियो । एक विपन्न परिवारमा छोरी भएर जन्मेपछि सुख अनुभुति गर्ने अवसर कहां हुन्थ्यो र , हांजीको बाल्यकाल पनि दुखै दुखमा वित्यो, उनले विद्यालय गएर अक्षर चिन्ने अवसर समेत पाइनन् । जसोतसो दैनिक जनमजदुरी गरी परिवार पाल्दै आएका उनका बुवाको अल्पआयुमा नै मृत्यु भयो । त्यसपछि उनीहरुको जीवन झन कष्टकर बन्यो । तर दुखमा होस या सुखमा समय भने अगाडी बढीरहने, हांजी पनि ठुली भइन । आमाको मन जवान छोरी घरमा राख्दा अनेक समस्या आउलान भनि विवाह गरिदिने कुरा भयो ।
१७ वर्षको उमेरमा सोहि गाउंका द्दज्ञ वर्षिय राजेन्द्र टुडुसगं विवाह गरी कान्छी वूहारीको रुपमा भित्रिएकी हांजीको जीवनमा विवाह पश्चात झन वुर्हातनको दुःख समेत थपियो । सासु ससुरा देवर देवरानी सहित ११ जनाको परिवारलाई दैनिक मजदुरी गरी पालनपोषण गर्नु नै उनीहरुको दिनचर्या बन्न थाल्यो । दैनिक हातमुख जोड्न समेत कठिन हुने भएकोले केहि समय संगै बसेपछि उनीहरुले अलगै वस्ने निर्णय गरे । श्रीमान्, श्रीमती र एक छोरी गरी ३ जनाको परिवारलाई चलाउन उनका श्रीमान कटहरीको जुटमिलमा काम गर्न थाले । श्रीमान एक्लैको कमाइले वालवच्चाको लालनपालन र जीविका चलाउन कठिन भएकोले हांजीले पनि केहि गर्ने मननसाय वनाइन तर विडम्वना गरिवी भन्दा ठुलो चुनौती समाजमा के नै हुन्छ र, उनलाई कसैले पत्याएनन् ।
२०६५ सालमा जीवन विकासद्धारा संचालित लघुवित्त कार्यक्रम मार्फत सोहि गाउमा समुह गठनका लागि तालिम संचालन भइरहेको थाहा पाएर हांजी पनि उक्त समुहमा सदस्य वनिन् । रु.५०००/ ऋण लिई घर मै एउटा सानो किराना पसल शुरु गरिन । आफ्नो इच्छा र तत्परतालाई समेत समाजले खोट लगाउन भने छोडेनन् तर हांजीले कसैको कुरालाई नलिइ आफ्नो उद्देश्यमा अडिक रहिरहिन । उनले पुनः रु.१०,०००/ ऋण लिएर पसलको पुंजी बढाईन र पसल कै अगाडी बाटोमा चट्टी थापेर धान तथा गहुंको खरीद बिक्री शुरु गरिन् । त्यहि समयमा उनले दोस्रो सन्तानको रुपमा अर्की छोरीलाई जन्म दिइन् । उनको व्यवसाय राम्ररी चल्न थाल्यो , अब उनका श्रीमान पनि जुटमिलमा काम गर्न छोडी व्यवसाय अगाडी बढाउन नै व्यस्त हुन थाले । उनीहरुले क्रमशः ऋण र आम्दानीको पैसालाई समेत व्यवसाय बढाउनमा प्रयोग गरे । किराना पसललाई पनि व्यवस्थित बनाए र चट्टीबाट शुरु गरेको खरीदबिक्री व्यापारलाई ठुलो कांटामा गर्न थाले । समय बित्दै जांदा हांजीले अरु दुई सन्तान एक छोरी र एक छोरालाई समेत जन्म दिइसकेकी थिइन । त्यहि बिचमा उनीहरुले १२ कठ्ठा जग्गा समेत जोड्न सफल भइसकेका थिए । काटांकोे व्यापार फस्टाएपछि सामान ढुवानीको लागि उनीहरुलाई ट्याक्टरको आबश्यकता पर्यो । तर थोरै रकमले नआउने भएकाले के गर्ने भनेर निर्णय गर्न सकिरहेका थिएनन् । त्यहि समयमा उनीहरु सल्लाह माग्नका लागि जीवन विकासको शाखा कार्यालय मझारेमा गए र त्यहांका शाखा प्रमुखबाट धितो राखेर स्वदेसिक स्वरोजगार ऋण लिन पाउने भन्ने जानकारी पाए पछि उनीहरुको चाहना सफल हुने आशा पलायो । शाखा प्रमुखको सल्लाह बमोजिम उनीहरुले रु.५०००००/ ऋण लिएर रु.३०००००/ आफुसंग भएको पैसा थपी जम्मा रु.८०००००/ मा टयाक्टर खरीद गरी ढुवानी कार्यमा लगाए । हाल हांजीको परिवारले किराना पसल, एउटा ट्याक्टर, काटाको ब्यापार, १२ कठ्ठा जग्गा र पक्काको घर र मोटरसाइकल समेत गरी ५० लाख वरावरको सम्पति जोडनुका साथै ३ जनालाई रोजगारी समेत दिन सफल भएको छ । हाल टुडुु दम्पतीले जेठी छोरीको विवाह गरिसकेका छन् भने २ छोरी र १ छोरा वोर्डिगं स्कुलमा कक्षा ४ र १ मा अध्ययनरत छन्, श्रीमान काटाको कारोवार र हाजी घर तथा किराना पसलको रेखदेख गर्छिन । चिताए मनुश्य पुर्याउछन भगवान भने झै हांजीले जीवन विकासका सफल सदस्यहरु मध्येको पहिलो पुरस्कार ( नगद रु.५०,०००/) प्राप्त गर्न समेत सफल भइन । हांजी संथाल समुदायका लागि एक प्रेरणाको उदाहरण बनेकी छिन् । हांजी भन्छिन् “यदि मैले समयमा नै निर्णय नलिएकी र जीवन विकासको साथ नपाएको भए आज हामी यो अबस्थामा आउन सक्ने संभावना नै थिएन ।”



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL