मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने उदाहरणकी पात्र हुन मोरगं जिल्ला धनपालथान गाउपालिका वडा नं.४ निवासी मन्जु देवी स्वर्णकार ।
ज्यालादारीकोे भरमा ४ छोरा, १ छोरी, श्रीमान र श्रीमती गरी जम्मा ७ जनाको परिवार धान्न र छोराछोरीलाई शिक्षा प्रदान गर्न निकै कठिन भई रहेको थियो । वि.स. २०६३ मा उनको परिवारको सम्पूर्ण आशा र भरोसाको दियो सदाका लागि निभ्यो अर्थात उनका श्रीमान्को निधन भयो । श्रीमानको कमाइको भरमा चलिरहेको परिवारको सम्पूर्ण जिम्मेवारी आइपर्यो अव मन्जु एक्लैको काधमा ।
साना साना छोराछोरी पारिवारको आय स्रोत केहि नभए पछि उनले तेलको व्यापार गर्ने निर्णय गरिन तर प्रयाप्त पुजीको अभावले ब्यापार सोचे अनुसार हुन सकेन । परिवारको खर्च धान्न कठिनाई हुदै गएको कारण आमालाई सहयोग गर्ने जिम्मेवारी तथा भाइवहिनीहरुको पालनपोषणका लागि बीचमै पढाई छोडी ज्याला मजदुरी गर्न थाले जेठा छोरा । तेल ब्यापार र छोराको दैनिक ज्यालादारीले पनि परिवार धान्न झनझन समस्या हुन थाल्यो । परिवारको आम्दानी नभए पछि साहुमहाजनले नपत्याउने, पत्याइहाले पनि धितो तथा चर्को ब्याज लिनेहुदा सापटी लिएको रकम फिर्ता गर्न नसकेकोले पुनः ऋण लिने आधार नै थिएन ।
२०६८ सालमा विना धितो जीवन विकासले किस्तावन्दी तिर्ने गरी ऋण दिनेकुरा थाहा पाएर संस्थामा प्रवेश गरी छोराछोरीको पढाई खर्च र तेल व्यवसायमा थप गर्न पहिलो पटक रु. १५००० कर्जा निकालीन । तेल व्यापारमा थप पुजी लगानी गरेपछी किस्ता तिर्न र घरपरिवारको खर्च सजिलै चल्न थाल्यो । विगतमा परिवारको खर्च र बिरामी पर्दा ग्ााँउघरवाट ऋण लिएको बर्षाै भईसकेको र दिनानुदिन ब्याज बढेकोले जीवन विकासबाट दोस्रो पटकको लागी रु.२५००० कर्जा लिएर गाउघरको सबै ऋण चुक्ता गरिन । व्यापारमा लगनशिल भएर लागीन, अझै ठुलो व्यवसाय संचालन गर्ने निर्णय गरि २०७२ सालमा तेश्रो पटक रु.८०००० लिएर जेठो छोराको जिम्वेवारीमा एउटा कपडा व्यवसाय शुरु गरिन । त्यस पछि अर्को छोराले चलाउने गरि सुनचांदी पसल संचालनका लागी रु.३००००० कर्जा लिएर कर्र्सिया बजारमा सुनचांदी पसल शुरु गरिन ।
हाल तेल व्यापार, कपडा र सुनचांदी ब्यापार सगै परिवारको आर्थिक, सामाजिक तथा छोराछोरीको शैक्षिक अवस्था राम्ररी नै अगाडी बढी रहेकोमा गर्भ गदै संस्थाको साथ र सहयोग प्रती आभार ब्यक्त गर्छिन सफल महिला उद्यमी मन्जु देवी स्वर्णकार ।

लेखन / संकलन
दिपनारायण मोची


सम्पर्क

फोन नं.
९८०२७९६१९६
०२१-४४२६६२
इमेल - info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL