सफलताको कथा – JBLBSL https://jeevanbikasmf.com Poverty Free Nepal Mon, 17 Jan 2022 10:34:16 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=6.4.4 https://jeevanbikasmf.com/wp-content/uploads/2019/12/cropped-logio-small-1-32x32.png सफलताको कथा – JBLBSL https://jeevanbikasmf.com 32 32 मेरो संघर्षमय जीवन https://jeevanbikasmf.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%af-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8/ Mon, 31 May 2021 07:13:45 +0000 http://jeevanbikasmf.com/?p=3830
मेरो नाम गहनी देबी चौधरी हो।हाल म झापा जिल्लाको कमल गाउंपालिका वडा नं. ८ मा आफनो परिवारसंग खुशी साथ जीवनयापन गरिरहेकी छु । गरिब र सुकुम्बासी भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी थाहा छ । मेरो जन्म ४१ वर्ष अगाडी मोरङ जिल्लाको बाहुनी गा.बि.स. निवासी चौधरी परिवारमा जेठी छोरीको रुपमा भएको थियो। घरमा ६ जना छोराछोरी तथा आमाबुवा गरी ८ जनाको परिवारमा कमाउने मेरो बुवा १ जनामात्र हुदा अभावै अभावको जीवन थियो हाम्रो। पढ्ने रहर हुंदा हुदै पनि जेठी छोरी भएकोले सानै उमेरदेखि अर्काको घरमा मजदुरी गरी जिविका चलाउनु पर्ने बाध्यताबाट पिडित थिए म। ती दिनहरु सम्झिदाआज पनि मेरोआखांबाटआसु झर्छ।
अभाब र गरिबीको जिवनचक्र संगै दिनहरु वित्दै थिए, गाउंको छिमेकी काकीले झापा जिल्ला बसोबास गर्ने मेरो जीवनसाथीको कुरा लिएर मेरोघर आएको दिन आजपनि मलाई सम्झना छ । २०५८ मा मेरो बिवाह कमल गाउंपालिका वडा नं.४ मा बस्ने गणेश चौधरीसंग भयो । बिवाह गरी माइतीबाट विदा भएर आउंदा नयां जीवनको शुरुवात सुखी होला भन्ने धेरै हर्ष थियो भने जिज्ञासा पनि उत्तिकै थिए । कस्तो होला घर, परिवारका मान्छे कस्ता छन यस्तैयस्तै अनेकौ प्रश्नहरु मेरो मानस पटलमा गुन्जिरहेका थिए ।
हामी साझ सम्ममा झापा आइपुग्यौं, घर हेर्दा सानो झुप्रो रहेछ। दुःख त लाग्यो तै पनि आफ्नै घर हो कसैको डर त हुदैन, यसैमा आफ्नो संसार सजाउला भनि चित्त बुझाए । तर केहि दिनमा नै मेरो सपना हुरीले उडाए जस्तै भयो अर्थात थाहा पाए फुसको झुप्रो मात्र पो आफ्नो रहेछ त्यस मुनिको जमिन त अर्कैको रहेछ । जुनैवेला पनि हटाउन सक्ने।
गरिब भए पनि मेरो श्रीमान धेरै मेहेनती हुनुहुन्थ्यो ।तर श्रीमानको मात्र कमाइले घर चलाउन गाह्रो भएपछि म आफुले पनि मजदुरी गर्न शुरु गरे । जीवनको समय चक्र संगै बिहे गरेको ५–६ बर्षमा २ छोरी र १ छोराको जन्म भयो । परिवार संख्या बढ्दै गयो तर आम्दानी बढ्न नसकेकोले घरचलाउन निकै गाह्रो हुन्थ्यो । जसोतसो गुजारा चलिरहेको थियो त्यहि समयमा झन ठूलो समस्या आइलाग्यो, अर्थात जग्गाधनीले मेरो जग्गा खाली गर अब तिमिहरुलाई यहां बस्न नदिने भन्न थाले । जसले गर्दा हाम्रो परिवारमा बज्रपात परे जस्तै भयो । त्यसबेला हामीले केही निर्णय गर्न सकेनौ, श्रीमान श्रीमती रातभरी रुदै बस्यौ । समस्याको उपाय केहि नपाएर छटपटाइ रहेको वेला गांउमा डुल्दै १ जना नचिनेको मान्छे साईकलमा म बसीरहेको ठांउमा आउनुभयो । मलाई नमस्कार दिदी भनी सम्बोधन गर्दा लाज लागेर आएको थियो । उहां जीवन विकासको कर्मचारी हुनुहुदों रहेछ । त्यो दिन उहांले म संग जीवन विकासको सेवा सुबिधाको बारेमा धेरैबेर सम्म कुरा गर्नु भयो । उहांले कुरा गरी रहदां मलाई लाग्यो भगवानले मेरो लागि नै उहांलाई यहां पठाएको होला किनकी उहांले बिनाधितो नै विश्वासको भरमा ऋण दिने कुरा गरिरहनु भएको थियो । मेरो मनमा घरको लागि जग्गा किन्न सकिने रहेछ भन्ने कुरा खेलिरहेको थियो।
त्यसपछि मैले गांउमा साथीहरुसंग कुरा गरी एउटा समुह गठन गर्ने प्रयास गरे । सुरुमा त मलाई कसैले नपत्याउने भएर होला उनीहरु मानेका थिएनन् । तर पछि जीवन विकासको सरले नै सबैलाई जीबन बिकासको बारेमा कुराहरु गर्दा १० जना साथीहरु भेला भई समुह गठन भएको थियो।
पहिलो पटक जीवन विकासबाट रु.१५०००. साधारण ऋण लिएर १.५ कठ्ठा खरिद गरेको जग्गामा अहिले मेरो ३ कोठाको पक्की घर रहेको छ। सुरुबातमा लिएको ऋणले सुकुम्बासीबाट जग्गाधनी बन्न सफल भयौं । मेरो श्रीमान्ले मजदुरी गरी जीवन बिकासको किस्ता तिर्नमा सहयोय गर्नु हुन्थ्यो भने मैले सानोतिनो मजदुरी गरि घरखर्च चलाउन थालिसकेको थिए । दोस्रो पटक रु.३०,०००/- ऋण लिएर मेरो श्रीमानसंग भएको सिपको लागि काठमिस्त्रीको मेसिनहरु किन्ने योजना बनायौं । सोहि अनूरुप मेसिनहरु खरिदगरी उहांले आफै ठेक्कामा सामानहरु बनाउन थाल्नुभयो । तेस्रो पटक रु.५०,०००/- ऋणमा आफुले बचत गरेको रु.२००००/- थप गरि रु.७००००/- मा पुनः ३ कठ्ठा जग्गा खरिद गर्यौ, जून जग्गाको मूल्य अहिले १५ लाखभन्दा बढी भएको छ । जग्गा त भयो तर घर बनाउन बांकि थियो त्यसैले हामीले पुनः ऋण लिएर घर बनाउने निधो गर्यौं । त्यसबेला गाउंमा जीवन विकास जस्तै विना धितो ऋणदिने अन्य संस्थाहरु पनि आइसकेका थिए । गाउंका साथीहरुले ती संस्थामा कारोबार गर्न शुरु गरेका रहेछन् । मेरो मनमा पनि एउटा संस्थामा बसेर यति उन्नती त गरियो अब अरु संस्थामा बसेर ऋण लिएर चांडै प्रगती गर्ने सोच आयो । सोही अनुसार अन्य ३ वटा संस्थामा आबद्ध भएर ऋण निकाले र घर बनाउन शुरु गरे । जीवन विकासबाट पनि पुनः रु.२०००००/- लिएर किराना पसल शुरु गरे । सोचेको थिए अब आफ्नै घर, व्यवसाय जीवन सुखी हूने भो । तर धेरै तिर ऋण भएपछि पसलको आम्दानीले किस्ता तिर्न पुग्न छोड्यो । घरपनि अधुरै रह्यो। समुहमा किस्ता तिर्न समस्या भएपछि साथीभाईले पनि पत्याउन छोडे । तनावै तनाव भयो जीवनमा।
त्यसपछि मैले बुझे धेरैवटा संस्थामा एकै चोटी कारोबार गरेर प्रगती होइन झन भएको सम्पत्ती पनि सकिने रहेछ । त्यसैले लिएको ऋण जसोतसो चुक्ता गरी सबै संस्थाबाट निस्किए र जीवन विकासमा मात्र कारोबार गरे । क्रमशः स्थीति सुधार हूदै गयो । फेरी जीवन विकासबाटै ऋण लिएर अधुरो रहेको घर पुरा गरे । श्रीमानलाई कामको सिलसिलामा आवतजावत गर्न सजिलो होस नि मोटरसाइकल किन्यौ । मैलै किराना पसललाई बढाउदै लगे । अहिले श्रीमान मिस्त्री कामबाट मासिक ४० हजार जति कमाउनु हुन्छ, म पनि किराना पसलबाट राम्रोआम्दानी गरिरहेकी छु। छोराछोरी राम्ररी पढि रहेका छन्।
जीवन विकासले सहि बाटो देखाउनुको साथै आबश्यक सहयोग गरेका कारण आज मेरो परिवारमा खुशीको पलहरु छाएका छन् । ऋणले मानिसको जीवनमा आमुल परिवर्तन ल्याउन सक्दो रहेछ तर चलाउन नजाने र क्षमता भन्दा बढी ऋण चलाउन खोजे जटिल परिस्थीति पनि आउन सक्ने रहेछ भन्ने मेरो ठूलो भोगाइ छ । मेरो परिवारलाई खुशी र सुखी बनाउन भगवानको प्रतिक भएर नमस्कार दिदी भनी सम्बोधन गर्दै मेरो गाउंमा आउने जीवन विकासका ती कर्मचारीलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।
मधुसुदन मण्डल
लेखन / संकलन



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikasmf.com
]]>
लगनशिलताले सफल बनाउंछ https://jeevanbikasmf.com/%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a4%b6%e0%a4%bf%e0%a4%b2%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%ab%e0%a4%b2-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%82%e0%a4%9b/ Wed, 31 Mar 2021 11:39:44 +0000 http://jeevanbikasmf.com/?p=3729
यो कथा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.४ निवासी गुलाब देवी कामतको हो । उनी भारतको अररिया जिल्ला निवासी राजेन्द्र रायकी दोश्रो सन्तानको रुपमा जन्मिएकी थिइन ।
क्रमशः दिनहरु वित्दै गए र उनी विवाह गर्ने उमेरकी भईन । विपन्न परिवारमा जन्मिएकी गुलावको विवाह पनि विपन्न परिवारमा नै भयो । आजभन्दा २४ वर्ष अगाडी जब उनको विवाह भएको थियो उनका श्रीमान् एउटा हार्डवेयर पसलमा लेबरको काम गर्थे । मासिक जम्मा रु.८००/- तलव आउंथ्यो जसले ५ जनाको परिवार चलाउन निकै गाह्रो हुन्थ्यो । आफ्नो घर समेत थिएन । गरिब भएपछि सबैले हेप्ने अर्काको घरमा बस्दा दिनहु घरपेटीको किचकिच हुने गर्दथ्यो । तर बाध्यता जाने कतै ठाउं थिएन । गुलाबको आफ्नै जग्गामा चिटिक्क परेको घरमा बस्ने, बालबच्चालाई राम्रो स्कुलमा पढाउने, र आफ्नै व्यवसाय गर्ने रहर थियो । तर विडम्वना उनको सपनामा गरिबी हावी भयो र जीवन जस्ताको त्यस्तै रह्यो । एकदमै कस्टकर ।
श्रीमान्ले हार्डवेयर पसलमा काम गरेको वर्षौ भइसकेकोले उक्त विषयमा राम्रै अनुभव हासिल गरेका थिए । त्यसैले श्रीमानको सिप र परिश्रमलाई आफ्नै पसल खोलेर सदुपयोग गर्नसके प्रगति गर्न सकिन्छ भन्ने सोच गुलाबको मनमा आयो । तर पसल खोल्न पुजीको अभाव र धितोको नाममा एकधुर पनि माटो नभएकोले कसले ऋण दिन्छ भन्ने सोची गुलाब चुपचाप बसिन् । यसरी नै समय जसोतसो वितिरहेको थियो ।
यहि क्रममा २०६६ सालतिर जीवन विकास शाखा कार्यालय विराटनगरको नया केन्द्र गुलाबको गाउंमा बन्ने भयो । गुलाबले जीवन विकासले विना धितोमा ऋण दिने थाहा पाइन, अब उनको सपना पुरा हुने आशा पलायो । उनी संस्थाको केन्द्र नं ३६ मा मिति २०६६/०९/३० गते आबद्ध भइन् । उनीहरुले विगतमा आफुसंग घरजग्गा नभएको पिडाबाट मुक्त हुन सबैभन्दा पहिले जग्गा खोजेर रु.५० हजारमा जग्गाको मुल्य गरी रु.८०००/- ऋण लिई जग्गा धनिसंग ३ वर्ष भित्रमा पुरा पैसा बुझाउने शर्त गरी १३ धुर जग्गाको बैना गरे । शर्त बमोजिम पुनः दोस्रो पटक रु.२० हजार ऋण लिइ र आफूसंग जोगाएको रु.१२ हजार थप गरी जग्गा पास गरी भुमि हिनबाट जग्गा धनि बन्न सफल भए । गुलाबको एउटा सपना पुरा भयो । त्यसछि उनीहरुले हार्डव्ेयर पसल खोल्ने निर्णय गरी सटर खोजेर तेस्रो पटक रु.१ लाख लिई पसलको सुभारम्भ गरे । पसलबाट राम्रो आम्दानी हुन थालेको थियो जसले आवश्यकताहरु पुरा हुदंै थिए । बालबच्चाहरुले राम्रो स्कुलमा पढ्ने अवसर पाए । पसलबाट राम्रो आम्दानी भएपछि खर्च कटाएर बचत पनि हुन थालेको थियो । हार्डवेयर पसलमा विक्री भएको सामान ढुवानी गर्न ट्याक्टर आबश्यक भएकोले उनीहरुले ट्याक्टर खरीद गर्न भनि हरेक महिना बचत गरिरहेका थिए ।
बचत गरेको पैसा रु.११ लाख भएपछि ट्याक्टर खरीद गर्न गए तर ट्याक्टरलाई रु.१२ लाख पर्ने रहेछ । अब पुनः जीवन विकाससंग रु.१ लाख ऋण लिई आफुसंग भएको रु.११ लाख रुपैया थप गरी ट्याक्टर खरीद गरे । ट्याक्टर चलाउन एक जना चालक पनि राखे । पसल र ट्याक्टरबाट महिनाको ६० देखि ७० हजार सम्म आम्दानी हुन थालेपछि उनीहरुले अब घर बनाउने बिचार गरे र पुनः रु.२ लाख आवास ऋण लिएर आफुसंग भएको रकम थप गरी घर बनाए । अब गुलाबका सबै रहरहरु पुरा भए ।
अहिले गुलाब र उनको परिवार खुशी र सुखी छन् । उनी भन्छिन् “म जीवन विकासमा आवद्ध भएर रु.८०००÷ बाट सम्पती जोड्न शुरु गरेको ११ बर्ष अवधिमा मेरा सबै सपनाहरु पुरा भए । अर्काको पसलमा काम गर्ने मेरो श्रीमान् अरुलाई रोजगारी दिन सफल हुनुभएको छ । छोरालाई १२ र छोरीलाई १० कक्षा अध्ययन गराउदैछु । जीवन विकासको अपार सहयोग हाम्रो मेहनत र ईमान्दारीताले हाम्रा सवै सपनाहरु पुरा भएका हुन् । म आफ्नो व्यक्तिगत तर्फबाट जीवन विकास शाखा कार्यालय बिराटनगर र यसमा काम गर्ने सम्पुर्ण कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।”
ज्योती राई
लेखन / संकलन



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikasmf.com
]]>
सफल महिला उद्यमी मन्जु https://jeevanbikasmf.com/%e0%a4%b8%e0%a4%ab%e0%a4%b2-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a5%81/ Wed, 21 Oct 2020 06:20:57 +0000 http://jeevanbikasmf.com/?p=3523

मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने उदाहरणकी पात्र हुन मोरगं जिल्ला धनपालथान गाउपालिका वडा नं.४ निवासी मन्जु देवी स्वर्णकार ।
ज्यालादारीकोे भरमा ४ छोरा, १ छोरी, श्रीमान र श्रीमती गरी जम्मा ७ जनाको परिवार धान्न र छोराछोरीलाई शिक्षा प्रदान गर्न निकै कठिन भई रहेको थियो । वि.स. २०६३ मा उनको परिवारको सम्पूर्ण आशा र भरोसाको दियो सदाका लागि निभ्यो अर्थात उनका श्रीमान्को निधन भयो । श्रीमानको कमाइको भरमा चलिरहेको परिवारको सम्पूर्ण जिम्मेवारी आइपर्यो अव मन्जु एक्लैको काधमा ।
साना साना छोराछोरी पारिवारको आय स्रोत केहि नभए पछि उनले तेलको व्यापार गर्ने निर्णय गरिन तर प्रयाप्त पुजीको अभावले ब्यापार सोचे अनुसार हुन सकेन । परिवारको खर्च धान्न कठिनाई हुदै गएको कारण आमालाई सहयोग गर्ने जिम्मेवारी तथा भाइवहिनीहरुको पालनपोषणका लागि बीचमै पढाई छोडी ज्याला मजदुरी गर्न थाले जेठा छोरा । तेल ब्यापार र छोराको दैनिक ज्यालादारीले पनि परिवार धान्न झनझन समस्या हुन थाल्यो । परिवारको आम्दानी नभए पछि साहुमहाजनले नपत्याउने, पत्याइहाले पनि धितो तथा चर्को ब्याज लिनेहुदा सापटी लिएको रकम फिर्ता गर्न नसकेकोले पुनः ऋण लिने आधार नै थिएन ।
२०६८ सालमा विना धितो जीवन विकासले किस्तावन्दी तिर्ने गरी ऋण दिनेकुरा थाहा पाएर संस्थामा प्रवेश गरी छोराछोरीको पढाई खर्च र तेल व्यवसायमा थप गर्न पहिलो पटक रु. १५००० कर्जा निकालीन । तेल व्यापारमा थप पुजी लगानी गरेपछी किस्ता तिर्न र घरपरिवारको खर्च सजिलै चल्न थाल्यो । विगतमा परिवारको खर्च र बिरामी पर्दा ग्ााँउघरवाट ऋण लिएको बर्षाै भईसकेको र दिनानुदिन ब्याज बढेकोले जीवन विकासबाट दोस्रो पटकको लागी रु.२५००० कर्जा लिएर गाउघरको सबै ऋण चुक्ता गरिन । व्यापारमा लगनशिल भएर लागीन, अझै ठुलो व्यवसाय संचालन गर्ने निर्णय गरि २०७२ सालमा तेश्रो पटक रु.८०००० लिएर जेठो छोराको जिम्वेवारीमा एउटा कपडा व्यवसाय शुरु गरिन । त्यस पछि अर्को छोराले चलाउने गरि सुनचांदी पसल संचालनका लागी रु.३००००० कर्जा लिएर कर्र्सिया बजारमा सुनचांदी पसल शुरु गरिन ।
हाल तेल व्यापार, कपडा र सुनचांदी ब्यापार सगै परिवारको आर्थिक, सामाजिक तथा छोराछोरीको शैक्षिक अवस्था राम्ररी नै अगाडी बढी रहेकोमा गर्भ गदै संस्थाको साथ र सहयोग प्रती आभार ब्यक्त गर्छिन सफल महिला उद्यमी मन्जु देवी स्वर्णकार ।

लेखन / संकलन
दिपनारायण मोची


सम्पर्क

फोन नं.
९८०२७९६१९६
०२१-४४२६६२
इमेल - info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL
]]>
खोसिएको खुशी फर्काउन सफल ज्ञानकुमारी https://jeevanbikasmf.com/%e0%a4%96%e0%a5%8b%e0%a4%b8%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b8%e0%a4%ab%e0%a4%b2/ Sun, 11 Oct 2020 04:30:41 +0000 http://jeevanbikasmf.com/?p=3498
भौगोलिक वनावटले पहाडी क्षेत्र सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं.८ को विपन्न पारिवारीक पृष्ठभुमीमा गुजारा चलाउने बुवा चक्र बहादुर मगर र आमा सनिमाया मगरको कोखवाट बि.स.२०४१ साल बैशाख १ गते जेठी छोरीको रुपमा जन्मिएकी ज्ञानकुमारी सुनुवारले प्राथमिक तहको शिक्षा हासिल गरे पश्चात १६ बर्षको कलिलै उमेरमा उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ४ निवासी ससुरा बम ब. सुनुवार र सासु हिरामाया सुनुवारको कान्छी बुहारीको रुपमा भित्रीइन । पारिवारीक आर्थिक समस्या र गरिबीको कारण परिवारलाई खुशी र सुखी राख्ने ठुलो सपना बोकेर परिवारसगं टाढिएर वैदैशीक रोजगारीको शिलशिलामा विदेशीए ज्ञानकुमारीका श्रीमान दिपकराज सुनुवार । अपरिपक्व उमेर, ससाना २ छोरीको साथमा सुनौलो भविश्यको आशा गर्दा उनलाई यति ठुलो सजाय मिल्यो की दिपक विदेशी भुमि मै अस्ताए कहिल्यै नफर्कने गरी सदा सदाका लागि । अव उनको जीउने आधार र सोचेका सपना मात्र अपुरा रहेन्न, सपना सगै छोरीहरुले बाबाको माया साथ अनि सहारा गुमाउदै टुहुरा भए अनि उनि एकल......।
यद्यपी उनले हार मानिनन्, हुन त आज सम्म उनि कहf सुखी थिइन र दुःखसगं हार्नलाई, दुई छोरीहरुको उचित शिक्षा र पालनपोषणका निमित्त एक प्राइभेट बोर्डिङ स्कुलमा पियनको रुपमा मासिक रु.३,००० पारिश्रमिक पाउने गरि काम गर्न थालिन । मासिक रु.३००० ले घर चलाउन र सन्तान पढाउन निकै गाह्रो कुरा, तेहि पनि यसरी नै केही समय वित्यो । अब उनले यसरी सन्तानको भविष्य बनाउन सकिदैन भन्ने सोचले व्यवसाय गर्ने बिचार गरिन तर उहि त हो हाम्रो समाजले विपन्न र एकल महिलालाई कसले पत्याउने र उनी निराश भइन् ।

तर भनिन्छ “चिताए दैवले पुर्याउछ “ त्यहि समयमा उनले विपन्नहरुका लागि विना धितोमा लगानी गर्ने संस्था जीवन विकासको बारेमा थाहा पाइन । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय कटारी अन्तरगत केन्द्र नं.०६२ मा आबद्ध भइन र उनले सर्वप्रथम रु.२०,०००। ऋणबाट पसल सुरु गरिन । क्रमशः व्यापारलाई बढाउदै गइन केहि ऋणबाट र केहि आफ्नो आम्दानी थप्दै । हाल रु.७०००००। बराबरको कुल लगानीमा किराना पसल व्यवसाय संचालन गर्दै आइरहेकी छिन ।

व्यवसायबाट हुने आम्दानीले सिंगो परिवार साथै दुई छोरिहरुको क्रमशः कक्षा ९ र १० अध्ययन खर्च समेत सहजै धानि रहेको छ । मासिक रु.३५,०००। सम्म आम्दानी हुने र आम्दानीबाट खर्च कटाई बांकी रकम भविष्यमा छोरीहरुको उच्च शिक्षा अध्ययनका लागि जीवन विकास मै रहेको आफ्नो बचत खातामा जम्मा गर्ने गरेको उनी वताउछिन । दैनिकी सरल र सहज हुदै छ । उनी भन्छिन दःुख र आपत परेको समयमा आजको यो अवस्था आउछ होला भन्ने एकरत्ती पनि साचेकी थिइन । निरीह, वेसाहारा र एक्लो अवस्थामा जीवन विकासको साथ र सहयोगका कारण आज आफु सगै छोरीहरुलाईको उज्वल भविष्यका लागि अगाडी बढिरहेकी छु । लगनशील र परिश्रमी भए एक दिन अवश्य सफलता हासिल गर्न सकिने रहेछ भन्दै जीवनस्तर परिवर्तनका लागि परिश्रमि र आत्मनिर्भर हुनु पर्ने सुझाव दिन्छीन खोसिएको खुशी फर्काउन सफल ज्ञान कुमारी ।

लेखन /संकलन
सुशिल कुमार सिठुङ


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL
]]>
स्वदेशको पसिना मुल्यवान https://jeevanbikasmf.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%be%e0%a4%a8/ Sun, 13 Sep 2020 05:29:25 +0000 http://jeevanbikasmf.com/?p=3388

स्वदेशको पसिना मुल्यवान

मेरो नाम आरती धिमाल हो । म अहिले मेरो परिवार सहित मेचिनगर नपा वडा न १३ स्थित तेलिबारी टोलमा बस्छु । मेरो परिवारमा १ छोरा, २ छोरी र श्रीमान सहित जम्मा ५ जना छौं । हाम्रो हालको पेशा होटल व्यवसाय हो । मानिसको जीवनमा धेरै उतार चढाव, समस्या र चुनौतीहरु आउने गर्छन्, जसले गर्दा उ एक संघर्षमय जीवन व्यतित गर्न वाध्य हुन्छ । तर समस्या आउदैमा आत्तिनु हुदैंन । धैर्यताका साथ सकरात्मक सोच बोकी अघि बढ्नाले पक्कै पनि जिन्दगीले छलाङ मार्न केहिबेर पनि नलाग्दो रहेछ । यहि संघर्षमय जीवनको मेरो आफ्नो भोगाईको बारेमा तपाईलाई छोटकरीमा बताउदैछु ।
मेरो घरको आर्थिक स्थिति निकै कमजोर थियो जसले गर्दा मैले धेरै पढ्न पनि सकिन । कक्षा ६ सम्म मात्र पढेको हुनाले जागीर खाएर परिवारमा केहि गर्ने सोच पनि सोचाइमा मात्र सिमित रह्यो । अनि विस २०५५ साल तिर १६ वर्षको उमेरमा १९ वर्षे लवनसीङ्ग धिमालसंग दाम्पत्य जीवनमा बाधिए । विवाह पश्चात छोराछोरीको भविष्य र पारिवारीक सुखको खोजीमा हामीले सल्लाह गरि ऋण काडी श्रीमान मलेसिया जानुभयो । विदेशमा पनि आफुले सोचेजस्तो कहा हुदो रैछ र अलिअलि कमाएको पैसा पनि डाका लागेर लुटेछन् र मेरो श्रीमानलाई मरणासन्न हुनेगरि कुटेर छाडिदिएछन ति पापीहरुले । त्यसपछि फेरि पैसा खोजेर श्रीमानलाई नेपाल फर्कायौं । अनि श्रीमान आफ्नै गाउंमा राजमिस्त्री,काठ मिस्त्रीको काम गर्न थाल्नुभयो । छोराछोरीको पढाई खर्च र अन्य सामान्य खर्चका लागि म आफैं ज्यालाबाट कमाउंथे । अनि २०६६ साल तिर, गाउंमा हामी जस्ता विपन्न वर्गको जीवन स्तर उकास्न सहयोग गर्ने जीवन विकास संस्था आएको र तालिम दिइरहेको कुरा छिमेकीबाट सुनी हामी तालिममा गयौं । संस्था राम्रो लागेकाले हामी पनि प्रवेश गरि नानीहरुको पढाइका लागि २०००० कर्जा पनि निकाल्यौं । त्यो कर्जाको किस्ता र घरको खर्च हामी २ जनाको कमाईबाट सजिलै पुग्थ्यो । तर पहिले विदेश जांदाको ऋण डल्लै बाकीं रहेकाले अब घरमा श्रीमान र ससुराको झगडा सुरुहुन थाल्यो । ऋणको बोझले गर्दा फेरि श्रीमान काम गर्न मुम्बई जाने निर्णय गर्नुभयो । त्यहाबाट पनि राम्रो उपलब्धी हुन नसकेपछी ३ महिना पछी गोजीमा जम्मा ५०० रुपैयां र लगाएको १ जोडी कपडा मात्र लिएर घर फर्कनुभयो । अब घर आउनासाथ हामीलाई ससुराले घरबाट निकालिदिनुभयो । साना बाल बच्चासगं हामी कहां जान सक्थ्यौं र ? त्यसपछि कतै नगई यहि बसेर केहि गर्ने विचार गर्याैं ।
मुम्बईमा भाडा माझ्ने काममा गएता पनि वंहाले ३ महिनामा होटलमा पकाइने सम्पुर्ण खानेकुराको पकाउने तरिका बनाएको देखेकै भरमा सिक्नुभएछ । फेरि जीवन विकासबाट ६०००० कर्जा लिएर ३०००० को एउटा छाप्रो निर्माण गर्याैं र बांकी ३०००० को होटल सन्चालनका लागि आवश्यक सामाग्री खरिद गर्याैं । बस्ने घर र होटल एउटैं भएकाले कहिलेकाही पानी परेको दिन सुत्ने ठाउंमा पानी जमेर छोराछोरीलाई काखमा सुताई रातभरी जागराम बस्नुपथ्र्याे । अर्थात हामीसंग एउटा सुत्ने खाट पनि थिएन । काम गर्दा गर्दै राती १०११ पनि बझेको पत्तै हुदैनथ्यो । यसरी दिनानुदिन मेहनत गर्दै गयौं । होटलको नामाकरणको लागि कुण्डली देखाउदा कान्छी छोरीको नामबाट शुभ हुनेकुरा पुरोहितले भनेपछि होटलको नाम हामीले परिना होटल राख्यौं । हाम्रो मेहेनत र लगनशिलताले हामीले बाहिरी व्यक्तिबाट लिएको कर्जा सबै चुक्ता गर्न सफल भयौं । अनि फेरी पुरानो कर्जा १ वर्ष भित्रै चुक्ता गरि रु.१ लाख लियौं र होटललाई अझ बढायौं ।
होटलबाट राम्रो आम्दानी आउन थालेपछि हामीले यसैलाई नै जीवन धान्ने आधार मानी अझै वृहत तरीकाले अगाडी बढाउने निर्णय गर्याैं । होटल कै देनबाट हामीले एउटा सुन्दर घर बनाउन सफल भयौंं । भगवान प्रति आस्था रहेकोले घर अगाडी एउटा मन्दिर पनि बनायौं । अनि हाम्रो आम्दानीको स्रोत होटललाई जीवन विकासबाट रु. ३ लाख कर्जा लिई नयां स्वरुप दिएका छौं । हरेक मान्छेको जीवनमा एउटा टर्निङ्ग पोईन्ट आउंछ, त्यतिबेला समयको साथ संगसगैं कसैको उचित साथ मिल्न सकेमा जीवनले सहि गति लिन्छ । गरिबीले छर छिमेकी, आफन्तसंगको दूरि बढाएको बेला जीवन विकास संस्थाले साथ दिएकै कारणले हामीले हाम्रो जीवन स्तर यति सम्म ल्याउन सफल भयौं । प्रगतिको खोजीमा आफ्नो देश छोड्नु पनि उचित उपाय त होइन रहेछ, स्वदेश मै आफ्नो दश नङ्गा्र ख्याउन सक्यो भने डलर यहि फलाउन सकिदो रहेछ । हाम्रो मेहनत र जीवन विकासको साथ कै कारण मैले आज यत्तिको सम्पत्ती जोड्न सफल भएकी छु । म यो संस्था प्रति आभार प्रकट गर्न चाहन्छु ।



लेखन /संकलन
टिकाराम अर्याल


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL
]]>
जीवनको यात्रा https://jeevanbikasmf.com/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-2/ Tue, 28 Jul 2020 09:40:32 +0000 http://test.jeevanbikasmf.com/?p=2831

परिश्रमी मान्छे सफल हुन्छ

विराटनगर महानगरपालिकासगं जोडिएको जहदा गाउपालिका वार्ड नं. २ वैरीया निवासी संथाल परिवारमा साइली छोरीको रुपमा २०३५ सालमा हाजी टुडुको जन्म भएको थियो । एक विपन्न परिवारमा छोरी भएर जन्मेपछि सुख अनुभुति गर्ने अवसर कहां हुन्थ्यो र , हांजीको बाल्यकाल पनि दुखै दुखमा वित्यो, उनले विद्यालय गएर अक्षर चिन्ने अवसर समेत पाइनन् । जसोतसो दैनिक जनमजदुरी गरी परिवार पाल्दै आएका उनका बुवाको अल्पआयुमा नै मृत्यु भयो । त्यसपछि उनीहरुको जीवन झन कष्टकर बन्यो । तर दुखमा होस या सुखमा समय भने अगाडी बढीरहने, हांजी पनि ठुली भइन । आमाको मन जवान छोरी घरमा राख्दा अनेक समस्या आउलान भनि विवाह गरिदिने कुरा भयो ।
१७ वर्षको उमेरमा सोहि गाउंका द्दज्ञ वर्षिय राजेन्द्र टुडुसगं विवाह गरी कान्छी वूहारीको रुपमा भित्रिएकी हांजीको जीवनमा विवाह पश्चात झन वुर्हातनको दुःख समेत थपियो । सासु ससुरा देवर देवरानी सहित ११ जनाको परिवारलाई दैनिक मजदुरी गरी पालनपोषण गर्नु नै उनीहरुको दिनचर्या बन्न थाल्यो । दैनिक हातमुख जोड्न समेत कठिन हुने भएकोले केहि समय संगै बसेपछि उनीहरुले अलगै वस्ने निर्णय गरे । श्रीमान्, श्रीमती र एक छोरी गरी ३ जनाको परिवारलाई चलाउन उनका श्रीमान कटहरीको जुटमिलमा काम गर्न थाले । श्रीमान एक्लैको कमाइले वालवच्चाको लालनपालन र जीविका चलाउन कठिन भएकोले हांजीले पनि केहि गर्ने मननसाय वनाइन तर विडम्वना गरिवी भन्दा ठुलो चुनौती समाजमा के नै हुन्छ र, उनलाई कसैले पत्याएनन् ।
२०६५ सालमा जीवन विकासद्धारा संचालित लघुवित्त कार्यक्रम मार्फत सोहि गाउमा समुह गठनका लागि तालिम संचालन भइरहेको थाहा पाएर हांजी पनि उक्त समुहमा सदस्य वनिन् । रु.५०००/ ऋण लिई घर मै एउटा सानो किराना पसल शुरु गरिन । आफ्नो इच्छा र तत्परतालाई समेत समाजले खोट लगाउन भने छोडेनन् तर हांजीले कसैको कुरालाई नलिइ आफ्नो उद्देश्यमा अडिक रहिरहिन । उनले पुनः रु.१०,०००/ ऋण लिएर पसलको पुंजी बढाईन र पसल कै अगाडी बाटोमा चट्टी थापेर धान तथा गहुंको खरीद बिक्री शुरु गरिन् । त्यहि समयमा उनले दोस्रो सन्तानको रुपमा अर्की छोरीलाई जन्म दिइन् । उनको व्यवसाय राम्ररी चल्न थाल्यो , अब उनका श्रीमान पनि जुटमिलमा काम गर्न छोडी व्यवसाय अगाडी बढाउन नै व्यस्त हुन थाले । उनीहरुले क्रमशः ऋण र आम्दानीको पैसालाई समेत व्यवसाय बढाउनमा प्रयोग गरे । किराना पसललाई पनि व्यवस्थित बनाए र चट्टीबाट शुरु गरेको खरीदबिक्री व्यापारलाई ठुलो कांटामा गर्न थाले । समय बित्दै जांदा हांजीले अरु दुई सन्तान एक छोरी र एक छोरालाई समेत जन्म दिइसकेकी थिइन । त्यहि बिचमा उनीहरुले १२ कठ्ठा जग्गा समेत जोड्न सफल भइसकेका थिए । काटांकोे व्यापार फस्टाएपछि सामान ढुवानीको लागि उनीहरुलाई ट्याक्टरको आबश्यकता पर्यो । तर थोरै रकमले नआउने भएकाले के गर्ने भनेर निर्णय गर्न सकिरहेका थिएनन् । त्यहि समयमा उनीहरु सल्लाह माग्नका लागि जीवन विकासको शाखा कार्यालय मझारेमा गए र त्यहांका शाखा प्रमुखबाट धितो राखेर स्वदेसिक स्वरोजगार ऋण लिन पाउने भन्ने जानकारी पाए पछि उनीहरुको चाहना सफल हुने आशा पलायो । शाखा प्रमुखको सल्लाह बमोजिम उनीहरुले रु.५०००००/ ऋण लिएर रु.३०००००/ आफुसंग भएको पैसा थपी जम्मा रु.८०००००/ मा टयाक्टर खरीद गरी ढुवानी कार्यमा लगाए । हाल हांजीको परिवारले किराना पसल, एउटा ट्याक्टर, काटाको ब्यापार, १२ कठ्ठा जग्गा र पक्काको घर र मोटरसाइकल समेत गरी ५० लाख वरावरको सम्पति जोडनुका साथै ३ जनालाई रोजगारी समेत दिन सफल भएको छ । हाल टुडुु दम्पतीले जेठी छोरीको विवाह गरिसकेका छन् भने २ छोरी र १ छोरा वोर्डिगं स्कुलमा कक्षा ४ र १ मा अध्ययनरत छन्, श्रीमान काटाको कारोवार र हाजी घर तथा किराना पसलको रेखदेख गर्छिन । चिताए मनुश्य पुर्याउछन भगवान भने झै हांजीले जीवन विकासका सफल सदस्यहरु मध्येको पहिलो पुरस्कार ( नगद रु.५०,०००/) प्राप्त गर्न समेत सफल भइन । हांजी संथाल समुदायका लागि एक प्रेरणाको उदाहरण बनेकी छिन् । हांजी भन्छिन् “यदि मैले समयमा नै निर्णय नलिएकी र जीवन विकासको साथ नपाएको भए आज हामी यो अबस्थामा आउन सक्ने संभावना नै थिएन ।”



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL
]]>
सफलताको सिडी https://jeevanbikasmf.com/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Sun, 12 Jul 2020 07:02:35 +0000 http://test.jeevanbikasmf.com/?p=2043
सात बर्ष अघि जीवन विकास लघुवित्त वित्तीय संस्था लि. मा आबद्ध भएकी बुढीगंगा २ निवासी बालदेबी ॠषिदेवले रु.३०००० ऋण लिएर सानो किराना पसल सुरु गरिन । श्रीमान अर्काको ट्याक्टर चालकको काम गरी मासिक रु.१५००० आम्दानी गर्थे । एक छोरा र तीन छोरी गरी ६ जना परिवारको पालान पोसण तथा शिक्षामा लगानी गर्न प्रयाप्त आम्दानी नभये पछी आँफै ट्याक्टर खरिद गरी चलाऊन सकेमा आम्दानी गर्न सकिने योजना अनुरुप जीवन विकास शाखा कार्यालय टंकीसिनवारी मार्फत ऋण लिएर ट्याक्टर खरिद गरी श्रीमानले आँफै चलाउन थाले . पछी उनले चाहे अनुरुपको आम्दानी हुन थालेपछी बाबुछोरा दुवैको आम्दानी बढाउने उद्देस्यले थ्रेसर पनि खरिद गरे । सानो किराना पसलबाट व्यवसाय सुरु गरेकी बालदेबीले आफ्ना परिवारका सदस्यलाई मात्र हैन बाह्य एकजना व्यक्तिलाई समेत रोजगारी प्रदान गरेकी छन । हाल मासिक रु.६०००० आम्दानी गरी छोराछोरीलाई राम्रो शिक्षा दिनुका साथै पक्का घर बनाउने तयारीमा छन । समाजमा मानसम्मान बढ्नुका साथै आफ्नो आर्थिक क्षमता समेत बृदि भएकोमा सन्तुस्ट छन बालदेबी र उनका परिवार ।


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL
]]>
पन्ध्र हजार https://jeevanbikasmf.com/%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0/ Sat, 11 Jul 2020 07:10:44 +0000 http://test.jeevanbikasmf.com/?p=1983

मेरो नाम संगिता परियार हो । म अहिले स्टाफ नर्सको अन्तिम वर्षमा अध्ययनरत छु । मलाई याद छ, आज भन्दा आठ वर्षा पहिले जबा मेरो बिवाह भएको थियो मेरो श्रीमान एउटा मोबाईल मर्मत केन्द्रमा काम गर्नु हुन्थ्यो । मासिक ३००० तलबले हामी २ जनाको परिवार चलाउनु पर्ने बाध्यता थियो । मलाई एकदमै पढ्ने रहर थियो तर मेरो इच्छालाई हाम्रो गरिवीले पुरा हुन दिने संभावना समेत कतै देखिदैनथ्यो । हाम्रो दैनिक जीवनयापन गर्न एकदमै कष्टकर थियो महंगो कोठा भाडा र दैनिक हातमुख जोड्नका लागी हामीले गरेको परिश्रमले भ्याउदैनथ्यो ।श्रीमानसंग भएको सिपलाई आफ्नै पसल खोलेर सदुपयोग गर्नसके प्रगती गर्न सकिन्छ भन्ने सोच मेरो दिमागमा नआएको पनि होईन । तर पसल खोल्न हामीसंग पुंजीको चरम अभाव थियो । वहालमा बस्ने र धितोको नाममा एकधुर पनि माटो नभएका हामीलाई कसले पो ऋण पत्याउंथ्यो र ।
तिमी आँट गर म पुर्याउँछु भनेझैं मेरो सादा सपनामा रंग भर्न जीवन विकास आयो । जीवन विकास बेलबारीद्धारा हाम्रो गाँउमा समुहा प्रवेस तालिम हुँदै गरेको मैले थाहा पांए । बिना धितोमा ऋण लगानी गर्ने र अन्य थुप्रै वचत र वीमाको कुरा मलाई एकदमै राम्रो लाग्यो । म संस्थाको केन्द्र नं. ४३ सिसौली जीवन विकास केन्द्रमा आबद्ध भए । श्रीमानसंग सल्लाह गरी मैले मोबाईल तथा TV मर्मत पसलको लागी पहिलो पटक साधारण ऋण रु.१५००० लिए र आफ्नै पसल खोल्ने मेरो सपना साकार गरे ।
रु.१५००० मा मोबाईल तथा टि.भि.को पार्ट्स खरिद गरी मैले मेरो व्यवसाय शुभारम्भ गरे । मेरो श्रीमानको कडा परिश्रम र संस्थाबाट पाएको पुंजीले मैले आफ्नो व्यवसायलाई अगाडी बढाउदै गए । पसलबाट राम्रो आम्दानी हुन थालेको थियो । हाम्रा आबश्यकताहरु पुरा गर्न हामी सक्षम हुँदै थियौ । बिराटनगरमा रहेको बिराट हेल्थ कलेजमा स्टाफ नर्सको प्रवेश परिक्षा हुँदैछ भन्ने थाहा पाएपछी मेरो पढ्ने इच्छा पुन: जिवित भयो । यसबारे मैले मेरो श्रीमानलाई सुनाए, उँहाले मलाई एकदमै सहयोग गर्नुभयो र भागयले पनि साथ दियो । मैले छत्रवृती कोटामा नाम निकाले र अध्ययन शुरु गरें ।
श्रीमानले व्यवसायलाई राम्रोसंग संचालन गरिराख्नु भएको थियो । दशैंमा पुंजी थप गर्न हामीले संस्थाबाट पुन: रु.३५००० कर्जा लियौं । अब हाम्रो सबै खर्च कटाएर मासिक कारीब १० हजार बचत पनि हुन थालेको थियो । श्रीमानले म संग अब जग्गा किन्नु पर्छ भन्नुहुन्थ्यो । बेलबारिको जग्गा एकदमै महंगो भएकोले मैले वहाँको कुरालाई खासै गम्भिर भएर लिएको थिइन । तर जग्गा खरिद गर्ने विषयमा वहाँ गम्भिर भइसक्नु भएको रहेछ । २ वर्षमा लगभाग २२ लाख जती बचत गरेको र त्यसमा केहि थपथाप गर्दा जग्गा किन्न सकिने कुरा वहाँले बाटएपछी म पनि मन्जुर भएं र संस्थाबाट ऋण लिएर ७ धुर जग्गा खरिद गर्यौ । पसलबाट राम्रो आम्दानी भएकोले किस्ता तिर्न हामिलाई कहिले पनि समस्या भएन । ऋण लिएर सही सदुपयोग गरेकोले पनि हामीलाई ऋण्देखी कहिल्यै डर लागेन । संस्थाले जग्गा धितो राखेर स्वदेशिक स्वरोजगार ऋण दिने थाहा पाएपछी मेरो श्रीमानले पसललाई अझ व्यवस्थित र ठुलो पार्न ४ लाख ऋण लिउं भन्नुभयो । ४ लाखको किस्ता तिर्न सकिने हो कि हैन भन्ने डरले मेरो आँट पुगेन तर श्रीमानले तिर्न सक्छु भने पछी मैले ऋण निकाल्न मन्जुरी दिएं । SAMSUNG मोबाईलको डिलरसिपको लागी हामीले जीवन विकासबाट रु.३ लाख स्वदेशिक स्वरोजगार ऋण लियौ । राम्रो पुंजी लगाएपछी पसल पनि ठुलो देखियो । सामानले पसल भरिएपछी ग्राहक पनि बढ्न थाले । ग्राहक बढ्न थालेपछी श्रीमान एकजनालाई पसल चलाउन अप्ठ्यारो भयो र हामीले एकजना कर्मचारी राख्यौ । पसलबाट महिनामा ३०/४० हजार आम्दानी हुने भएकोले किस्ता तिर्न कुनै समस्या भएन । पहिले अर्काको पसलमा काम गर्ने मेरो श्रीमानले आज एक बेरोजगारलाई रोजगारी दिन सफल हुनुभएकोमा म धेरै खुशी छु ।
संस्थाबाट आवास कर्जा लिएर पसलबाट गरेको बचत समेत गरी लगभग ४ लाखमा हामीले आफ्नै घर निर्माण गर्यौ । अब डेरा खोज्ने र घरी घरी सर्नु पर्ने नि सकियो । हामी अब आफ्नै घरमा बस्ने भयौ । जीवन विकासको अपार सहयोग , हाम्रो मेहनत र इमान्दारिताले मैले नदेखेको पनि सपना आज साकार भएको छ । म संग मेरो आफ्नो घर छ, श्रीमानको ठुलो पसल तथा राम्रो आम्दानिले हामी असाध्यै खुशी छौं ।समाज्ले हामीलाई हेर्ने दृश्टिकोणमा समेत परिवर्तन आएको छ । सायद जीवन विकास नभएको भए मेरो सपना कहिल्यै पुरा हुने थिएन होला । आज हाम्रो लाखौको कारोबार छ तर मैले पाएको पहिलो ऋण जसले मेरो जीवनलाई वास्तविक जीवन बनायो , त्यो १५ हजारलाई म कहिले बिर्सन सक्दिन । अब एउटा सफल नर्स भएर गरिव बिरामिको सेवा गर्ने सपना छ, त्यसलाई पुरा गर्ने आत्मविश्वासका साथ मेरो अध्ययनलाई अगाडी बढाइ रहेकी छु । आशा छ मेरो यो सपना पनि पुरा गर्न सफल हुनेछु ।


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2020 JBLBSL
]]>