सामाजिक अभियानहरु

जीवन विकास वालशिक्षा

मन्टेश्वरी कक्षा
ग्रामिण भेगका विपन्न परिवारका विद्यालय जाने उमेर भएर पनि विद्यालय नगएका तथा शैक्षिक अवस्था कमजोर भएका ६ वर्ष मुनिका वाल वालिकाहरुलाई लक्षित गरी वालमैत्री वातावरणमा मन्टेश्वरी विधिवाट अध्ययन गराउन वाल शिक्षा कार्यक्रम संचालन गरिएको छ । साथै स्थानीय सरकार तथा सार्वजनिक विद्यालयहरुसंग हातेमालो गरी शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम संचालन गरिएको छ ।

निशुल्क वालवालिका अध्ययन केन्द्र
समुदाय स्तरमा गुणस्तरीय शिक्षाको पहुचबाट बन्चित बिपन्न तथा दलित समुदायका बलबालिकालाई लक्षित गरी बालबालिका अध्ययन केन्द्र संचालन गरिएको छ । सो अध्ययन केन्द्रमा सम्बन्धित समुदाय कै सक्षम सहजकर्ताले बालबालिकाका लागि उपयुक्त समयमा उनीहरुको शैक्षिक अवस्था अनुसार शिक्षा प्रदान गर्दछन् ।

नव बिहानी

विचमै पढाई छोड्ने तथा वालविवाह गर्न वाध्य हुनसक्ने किशोरीहरुलाई लक्षित गरी उच्च शिक्षा अध्ययनका लागि उत्प्रेरीत गर्दै वित्तीय साक्षरता तथा जीवनोपयोगी सिप प्रदान गरी अभिभावकको पेशामा सहयोग पुर्याउने उद्देश्य सहित सार्वजनिक विद्यालयहरुमा नव विहानी अभियान संचालन गरिएको छ ।

सुरक्षित आवास

सबैको सुरक्षित तथा व्यवस्थित घर होस् भन्ने उद्देश्यले शौचालय, खानेपानी, विजुली र धुवाँ रहीत चुलो सहितको पुर्ण घरको अवधारणामा यो अभियान संचालन गरिएको छ ।

सुकुम्वासीलाई जग्गाधनी बनाउने

पुर्खाै देखि ऐलानि जग्गामा वसोवास गरिरहेका विपन्न परिवारहरुलाई सुकुम्वासीबाट जग्गाधनी बनाई आर्थिक एवं सामाजिक स्थायित्व कायम गर्ने उद्देश्य यो अभियान संचालन गरिएको छ । यस अभियान मार्फत सुकुम्वासी परिवारलाई जग्गा खरीद गर्न उत्प्रेरित गर्नुका साथै वित्तीय सहयोग गर्ने गरिएको छ।

घर आँगन तरकारी खेती

विषादी रहीत तरकारी उपभोगका लागि सचेतना प्रदान गर्नुका साथै घर आँगनमै विषादि रहीत तरकारी उत्पादनका लागि समुदायलाई जागरुक बनाइ तरकारी उत्पादनमा आत्मनिर्भर वन्न उत्प्रेरीत गर्ने उद्देश्यले विउविजनको उपलब्धतामा सहजीकरण समेत गर्ने गरिएको छ ।

जसको कोही छैन उसको जीवन विकास

आफन्त कोही नभएर वा आफन्तले नहेरेर वेसहारा भएका अति विपन्न (Hardcore Poor) परिवारको जीवनस्तरमा सुधार ल्याउनका लागि यो अभियान संचालन गरिएको छ । उक्त अतिविपन्न (Hardcore Poor) परिवारलाई आर्थिक सहयोगको साथै नियमित रेखदेखको समेत आवश्यकता महसुस गरी एक कर्मचारी एक अतिविपन्न परिवार को अवधारणाबाट निरन्तर सहयोग तथा रेखदेख गर्ने गरिएको छ ।

सामुदायिक स्वच्छता

घर, टोल, छिमेक, हाटबजार आदि सफा बनाउने, हरेक घरमा चर्पीको व्यवस्थापन गर्ने, वृक्षारोपण तथा स्वच्छ वातावरणयुक्त सुन्दर र स्वस्थ्य ग्रामीण समाजको निर्माण गर्ने उद्देश्यले यो अभियान संचालन गरिएको छ ।

प्रकोप तथा विपदमा सहयोग

वाढि पहिरो, आगलागि, भुकम्प जस्ता विभिन्न किसिमका प्रकोप तथा संक्रमित रोगहरुको कारण जनजीवन प्रभावित भई रोग, भोक र शोकको सामना गर्नुपर्ने अवस्थाका ब्यक्ति तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले यो अभियान संचालन गरिएको छ ।

उद्यमशीलता विकास

नेपालमा रहेको बेरोजगारी समस्या न्यूनिकरणका लागि सदस्य तथा युवाहरुलाई व्यवसाय तर्फ उन्मुख गराई विभिन्न किसिमका तालिम तथा आबश्यक स्रोत साधनमा पहुंच पूर्याउदै उद्यमशिलताको विकास गर्ने उद्देश्यले यो अभियान संचालन गरिएको छ । यस अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम, सिपमुलक तालिम, व्यवसायिक योजना बनाउने तालिम तथा अध्ययन अवलोकन भ्रमणका साथै अन्य विभिन्न गतिविधीहरु भइरहेको छ ।

अन्य क्रियाकलाप

स्वास्थ्य

स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले समुदाय स्तरमा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्नुका साथै समुदायको आवश्यकता तथा माग अनुसारका विभिन्न किसिमका स्वास्थ्य शिबिरहरु संचालन गरिन्छ ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि ज्ञान प्रदान गर्न तथा अन्य विविध बिषयमा छलफल गर्ने उदेस्यले समय समयमा शाखा स्तरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिन्छ । कार्यक्रममा मुख्यतया संस्थाले प्रदान गर्ने सेवाहरु, कर्जाको सदुपयोगिता र उद्ममशिलता बारेमा छलफल गरिन्छ । साथै सदस्यहरुले आफ्नो जिज्ञासा, गुनासो र प्रस्ताव पनि राख्ने गर्दछन्। जसको सम्बोधन संस्थाबाट उपस्थित प्रतिनिधिले गर्ने गरिन्छ । कार्यक्रमको अन्त तिर केहि उत्कृष्ट ऋणी सदस्य तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरि कार्यक्रमको समापन हुने गर्दछ।


सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikasmf.com
Copyright © 2024 JBLBSL