ग्राहक संरक्षण कार्यक्रम

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि ज्ञान प्रदान गर्न तथा अन्य विविध बिषयमा छलफल गर्ने उदेस्यले समय समयमा शाखा स्तरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिन्छ । कार्यक्रममा मुख्यतया संस्थाले प्रदान गर्ने सेवाहरु, कर्जाको सदुपयोगिता र उद्ममशिलता बारेमा छलफल गरिन्छ । साथै सदस्यहरुले आफ्नो जिज्ञासा, गुनासो र प्रस्ताव पनि राख्ने गर्दछन्। जसको सम्बोधन संस्थाबाट उपस्थित प्रतिनिधिले गर्ने गरिन्छ । कार्यक्रमको अन्त तिर केहि उत्कृष्ट ऋणी सदस्य तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरि कार्यक्रमको समापन हुने गर्दछ।

सदस्यको अध्ययन अवलोकन भ्रमण

यस वित्तीय संस्थाबाट सदस्यहरुलाई उधमशिलता तर्फ उत्प्रेरित गर्ने उदेस्यले विभिन्न कृषि तथा अन्य व्यवसायका फर्महरुमा अवलोकन भ्रमण गराउने गरिएको छ । साथै सदस्यका परिवारलाई समेत देश भित्रका व्यवसायिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराउने गरिएको छ ।

छात्रवृत्ति प्रदान

सदस्यका छोरा छोरीलाई उच्च शिक्षासम्म अध्ययनमा प्रोत्साहन गर्नका लागि यस वित्तीय संस्थाको हरेक शाखाबाट सदस्यको परिवारका सामुदायिक विधालयमा अध्ययन गरि SEE मा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एकजना छात्रालाई रु.१० हजारको छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।

बालबालिका अध्ययन केन्द्र

समुदाय स्तरमा गुणस्तरीय शिक्षाको पहुचबाट बन्चित बिपन्न तथा दलित समुदायका बलबालिकालाई लक्षित गरी बालबालिका अध्ययन केन्द्र संचालन गरिएको छ । सो अध्ययन केन्द्रमा सम्बन्धित समुदाय कै सक्षम सहजकर्ताले बालबालिकाका लागि उपयुक्त समयमा उनीहरुको शैक्षिक अवस्था अनुसार शिक्षा प्रदान गर्दछन् ।

सीपमुलक तालिम

सदस्यहरुको सिपको विकास गरी आयमुलक कार्यमा अग्रसर गराउदै उधमशिल बनाउन समय समयमा विभिन्न किसिमको सीपमुलक तालिम संचालन गर्ने गरिएको छ ।

पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम

संस्थाको नीति तथा सेवामा परिवर्तन भएका कुराहरुको बारेमा जानकारी प्रदान गर्न तथा वित्तीय ज्ञान प्रदान गर्न सदस्य तथा अभिभावकहरुलाई भेला गरि पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने गरिएको छ ।

राहत तथा सहयोग

कोरोना महामारी ( Covid १९ ) र सो नियन्त्रणका लागि भएको बन्दाबंदीले सदस्यहरुलाई भएको खाधान्न संकटमा राहत स्वरुप खाध सामाग्री सहयोग गरिएको थियो । प्रथम चरणमा प्रत्यक्ष रुममा कर्मचारीहरुले नै सामग्री वितरण गरेका थिए भने दोश्रो चरणमा स्थानीय निकायलाई खाध सामग्री हस्तान्तरण गरिएको थियो।



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikas.org.np, info@jeevanbikasmf.com
Copyright © 2022 JBLBSL